Logo
१७ बैशाख २०८१, सोमबार
(April 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज इद–उल फित्र (इद) देशभरका इस्लाम धर्मावलम्बीले हर्स उल्लासका साथ मनाउदै(तस्वीरहरू)

२९ वैशाख, काठमाडौं । मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद)  मनाउँदै मनाइरहेका छन् ।

ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो छ । एकअर्कालाई अंगालो हालेर ‘ईद मुबारक’ भन्दै महिला तथा पुरुषहरुले शुभकामना साटासाट गरेका छन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

ईदको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित मिति: Apr 11, 2024

प्रतिक्रिया दिनुहोस्