Logo
६ जेष्ठ २०८१, आईतबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! उखु खानुको यस्ता छन् फाइदा

उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति हो। आजको समयमा विश्वका ५०५ कृषकहरूले उखु खेती लगाउने गर्छन् ।

उखु हाम्रो बजारमा पाइने चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो । उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ।

हाम्रो नेपालमा पनि प्रायस् तराईका कृषकहरूले उखु खेती गर्ने गर्छन् । त्यसै गरी भारत लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति गर्दै आएका छन् ।

नेपालमा उखुँको अनुसन्धान केन्द्र जितपुरमा रहेको छ ।आज हामी तपाईलाई उखुका फाइदाबारै जानकारी दिन गइरहेका छौं ।

फाइदाहरु

-उखुमा कार्बोहाइड्रेट, ग्लुकोज र क्यालोरी पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ ।

-उखुको सेवनले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु भने हुँदैन

-उखुमा क्यालोरी बढी नै हुन्छ । त्यस्तै, कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ । यसर्थ, उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ ।

-स्वस्थ व्यक्तिका लागि सामान्यतया दिनमा २५ सयदेखि तीन हजार क्यालोरी आवश्यक हुन्छ । जो ब्रेकफास्टदेखि बेलुकाको खानासम्मका लागि हो । हो, उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ ।

-मधुमेहका बिरामीले सकभर उखु खानुहुन्न । खाए पनि मात्रा कम गर्न उचित हुन्छ । उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ । पत्रपत्रिका

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्