Logo
७ जेष्ठ २०८१, सोमबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा परे ५० भन्दा बढी विधेयक अलपत्र

कोरोना महामारी सुरु भएसँगै सरकारले हतारमा संघीय संसदको बजेट अधिवेशन चाँडै अन्त्य गर्दा ५० भन्दा बढी विधेयक अलपत्र परेका छन् ।

संघीय संसदका दुवै सदनमा गरी ५० भन्दा बढी विधेयक अलपत्र परेका हुन् । राजनीतिक विमती र संसदीय समितिको सक्रियताको कमीका कारण दुई वर्षदेखि संसदमा अड्किएका विधेयकको संख्या मात्रै नौ रहेको छ ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधिसभामा प्रतिवेदनसहित पठाइएका पाँच वटा विधेयक पनि उस्तै अवस्थामा रहेको संसद सचिवालयले जनाएको छ ।

विभिन्न समितिमा छलफलको चरणमा १० वटा विधेयक रहेका छन् । संसद चालू नहुँदा प्रतिनिधिसभामा दर्ता भएका पाँच वटा गैरसरकारी विधेयकमाथिको छलफल पनि अघि बढ्न सकेको छैन ।

विभिन्न १४ वटा विधेयक भने राष्ट्रियसभाको प्रक्रियामा रहेको सचिवालयले जनाएको छ ।यस्तै विभिन्न आठ वटा सन्धि सम्झौताहरुले संसदमा प्रवेश पाएका छन् भने सरकारले जारी गरेका विभिन्न पाँच वटा अध्यादेश पनि रहेका छन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा दर्ता भएर वितरण मात्र गरिएका विधेयकको संख्या सात छ र सभामा प्रस्तुत भएर चार वटा विधेयक रोकिएका छन् भने राष्ट्रियसभाले पारित गरेर सन्देशसहित प्रतिनिधिसभामा पठाएका ६ वटा विधेयक अघि बढ्न सकेका छैनन् ।

 

 

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्