Logo
१५ बैशाख २०८१, शनिबार
(March 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविको राजीनामा माग्दै कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ ।

दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएपछि कांग्रेस सांसद्हरु नाराबाजीमा उत्रेका थिए ।

केही बेरको नाराबाजी पछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका हुन् । अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्ने सभामुखले जानकारी दिए ।

प्रकाशित मिति: Mar 15, 2024

प्रतिक्रिया दिनुहोस्