Logo
१८ बैशाख २०८१, मंगलबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिरपछि अब बिहेको लगन सिधै वैशाखमा !

यसपालि मंसिरदेखि बैशाखको विचमा बिहेको लगन छैन । विवाह गर्नको लागि उमेर पुगेका युवा युवतीका लागि दुखद खबर रहेको छ ।

मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ ।मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् ।

मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् ।

श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।

शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका चैतबाहेक ५ महिना विवाहका लागि शुभ मानिन्छ ।

तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो  ।

उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाहरव्रतबन्ध गर्न मिल्दैन ।

यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।

 

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्