Logo
१२ श्रावण २०८१, शनिबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज थप ५०२ जनामा कोरोना पुष्टि, २८७८ डिस्चार्ज

आज देशभर थप ५०२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ।  देशभर अहिले ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्