Logo
२६ बैशाख २०८१, बुधबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

लुम्बिनी प्रदेश स्थित रुपन्देही जिल्लाको बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१७ का ४५ वर्षीय पुरुषको बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता जानकारी दिएका छन् ।

उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका अस्पतालले जानकारी दिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका लुम्बिनी प्रदेशमा अनुसार मृतक कोरोना संक्रमितको संख्या १९८ र रुपन्देहीमा ८४ पुगेको छ  ।

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्