Logo
२३ बैशाख २०८१, आईतबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : पसोरिएसिस र अर्थराइटिस जस्ता जटिल रोगलाई निको पार्ने यो रहस्यमय गुफा !

प्रमेश्वले संसारलाई लिएर बनाएको प्राकृतिक नियम पनि आश्र्चाय लाग्दो नै मानिन्छ । कतिपय ठाउँमा हामीले मानौ या नमानौ दैविक शक्ति हुनुको साथै बैज्ञानिक कारण पनि त्यही कुरामा जोडिएको हुन्छ ।

भनिन्छ जहाँ प्रमेश्वको शक्ति हुन्छ त्यहाँ असम्भव कुरालाई पनि सम्भव हुने गर्छ । आज हामी तपाईलाई त्यस्तै शक्ति भएको गुफाको बारेमा जानकारी दिन गइरहेका छौ ।

यो गुफा अष्ट्रियाको गास्तिनमा रहेको छ । उक्त गुफामा विरामी मानिसहरु आराम गर्न पुग्छन् र रोगबाट छुटकारा पाएर घर फर्कने गर्छन् ।
यो कुरा सुनेर तपाइँ दंग परिरहनुभएको होला, तर यो वास्तविकता रहेको छ । गुफामा उपचार गर्ने मानिसहरु मृत्युको मुखबाट बाच्न पनि सक्ने विश्वास गरिएको छ ।

टाढा टाढाबाट पनि उपचारको लागि यस गुफामा मानिसहरु आएर केही दिन बसेर जाने गरेका छन् ।यो गुफा देशभित्र मात्र नभई अन्य विभिन्न देशहरुमा पनि चर्चित बन्दै गएको छ ।

अष्ट्रियाको गास्तिनमा मानिसहरुले सुन पत्ता लगाउँन जाँदा यो गुफा भेटिएको थियो ।गुफा भित्र जति गयो त्यति नै शरीरलाई आराम भएको अनुभव खोजको क्रममा नै गुफा पत्ता लगाउनेहरुले गरेका थिए ।

गुफाबाट निस्कने ग्यासले धेरै गम्भीर रोग लागेका बिरामीहरु पनि सजिलै ठिक हुने त्यसैसमयमा पत्ता लागेको थियो ।त्यस गुफाबाट निस्कने रेडियोएक्टिभ ग्यास छाला भित्र गएर शरीरका कोशिकाहरुसम्म पुग्छन्, जसबाट गम्भिर रोगहरुको उपचार सम्भव हुन्छ ।

त्यहाँ पुगेका मनिसहरुको अनुसार उक्त गुफामा पाइने रैडान ग्यास शरीरमा प्रवेश गर्दा केही गम्भीर रोगहरुको उपचार सम्भव हुन्छ ।

त्यहाँका स्थानिय मानिसहरुको अनुसार ग्यासले हाम्रो शरीरमा हुने पसोरिएसिस र अर्थराइटिस जस्ता रोगलाई पनि हटाउँन सबैभन्दा उपयोगी सिद्ध भइरहेको छ ।

यो ग्यास रेडियोएक्टिव ग्यास हो । यसले गुफाको चारैतिर र वातावरणलाई नै तातो बनाइराख्छ, जसबाट केही प्रकारका बिरामीहरु प्रभावित भई ठिक हुने गरेका छन् । एजेन्सी

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्