Logo
२३ बैशाख २०८१, आईतबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! यस्तो ब्रा जसबाट साचो माया पत्ता लगाउन सकिन्छ !

यो अहिलेको संसार बैज्ञानिक युग हो । बर्तमान समय प्रविधिले धेरै अगाडि बढिरहेको छ । अहिले प्रविधिले खोज तथा अनुसन्धान गर्न सहयोग अनुसन्धान गर्न गरिरहेको छ त्यसैले समाज विकसित हुदैँ गइरहेको पनि छ ।

त्यस्तै जापान पनि आविष्कारमा अगाडि भएको देश हो । यस देश प्रविधिमा धरै अगाडि रहेको छ सो जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ ।

एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ ।

‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ ।

यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ ।

कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ ।

उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ । मुटुको डिभाइसको सम्बन्ध सिधै मोवाइलसँग गरिएको छ, जहाँ धड्कन देख्न सकिन्छ ।

अन्य कुनै पनि प्रकारले मुटु धड्किदा यो ब्रा खुल्दैन । ब्रा सर्पिङ गर्ने समयमा वा मन पर्ने खानाको क्रममा उत्साहित हुँदा नखुल्ने कम्पनीको दाबी छ । कसैले पनि यो जबरजस्ती खोल्न सक्दैन । एजेन्सी

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्