Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेश अन्तरगत रुपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनमो बुटवल उपमहानगरपालिका वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुष र वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुषको उपचारका क्रममा बुटवल कोरोना अस्पतालमा मृत्यु भएको हो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएका छन् ।

मृतकमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले बताएको छ । यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिए।

दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्