Logo
२६ बैशाख २०८१, बुधबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ११ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ५०९ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल कुल मृत्युदर ०.६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्