Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैज्ञानिकले विकास गरे तीव्र गतिमा प्लाष्टिक बोतल खान सक्ने सुपर-एन्जाइम

प्लास्टिक बोतल तीव्र गतिमा खान सक्ने नयाँ सुपर-एन्जाइमको विकास वैज्ञानिकहरुले गरेका छन्।

अहिले विकास गरिएको सुपर-एन्जायमले विगतको सुपर-इन्जाइमले भन्दा ६ गुणा छिटो प्लाष्टिक बोतल खान सक्ने छ।

यसअघि जापानका वैज्ञानिकले ब्याक्टेरियाको प्रयोग गरेर प्लाष्टिक बोतल खाने सुपर-एन्जाइमको विकास गरेका थिए ।

अबको एक वा दुई वर्षभित्र सो सुपर-एन्जाइमलाई प्लाष्टिकको ‘रिसाइकल’ का लागि प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

कटनलाई टुक्रा पार्ने एन्जायमलाई समायोजन गर्न सकेमा मिश्रित कपडा रहेका लुगाहरु पनि रिसाइलक गर्न सकिने विश्वास वैज्ञानिकको छ ।

विश्व वातावरणमा सबैभन्दा ठूलो चुनौतिका रुपमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर रहेको छ । प्लाष्टिकका अति साना कणहरु खाना वा हावा मार्फत मानिसको शरीरमा जाने गरेको छ ।

रसायनिक संरचनामा पुनः नलगिएसम्म त्यसबाट नयाँ बोतल बनाउन सकिँदैन । जसका कारण विश्वमा हरेक वर्ष प्लाष्टिक बोतलको संख्या थपिँदै गएको छ ।

अहिले पुराना प्लाष्टिक बोतलहरुलाई त्यसको रसायनिक संरचनामा लैजान अति कठिन रहेको छ ।सन् २०१६ मा जापानको फोहोर व्यवस्थान क्षेत्रमा पाइएको प्लाष्टिक खाने बगमा पाइएका दुई भिन्न इन्जाइमको संयोजनबाट नयाँ सुपर-एन्जाइम बनाइएको हो ।

अनुसन्धानकर्ताले सन् २०१८ मा ती बगमा पाइएको एन्जाइमबाट प्लाष्टिक खाने नयाँ इन्जायम बनाएका थिए । अहिले दुई वर्षअघिको सो इन्जाइमले भन्दा ६ गुणा छिटो प्लाष्टिक खाने नयाँ सुपर-एन्जाइम वैज्ञानिकले विकास गरेका हुन् ।

प्राध्यापक जोन म्याकगीहनसहितको वैज्ञानिक समूहले अहिले सो सुपर-एन्जायमलाई अझ तीव्र गतिमा काम गर्न सक्ने कसरी बनाउन सकिन्छ भनेर काम गरिरहेका छन् ।

युनिभर्सिटी अफ पोर्ट्स्माउथ र अमेरिकाका चार संस्थाका वैज्ञानिकले गरेको अनुसन्धानको प्रतिवेदन प्रोसीडिङ्गस अफ द नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।

ब्याक्टेरियाबाट विकास गरिएको सुपर-एन्जाइममा प्राकृतिक रुपमै प्लाष्टिक खाने क्षमता विकास हुने र त्यसमा प्लाष्टिक बोटल रिसाकल गर्ने क्षमता हुने वैज्ञानिकले बताएको द गार्डियनमा प्रकाशित समाचारमा उल्लेख छ ।

 

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्