Logo
१३ बैशाख २०८१, बिहीबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिभोको शक्तिशाली ब्याट्री सहित वाई ट्वान्टी नेपाली बजारमा

भिभोले नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टी नेपाली बजारमा उपलब्ध गराएको छ ।

सेप्टेम्बर २५ बाट दराजमार्फत फोन किन्न पाइन्छ । बजारमा भने २ अक्टोबरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रारम्भमा अनलाइन सपिङ दराजमार्फत फोन ग्राहकले पाउने ब्यवस्था कम्पनीले मिलाएको छ ।

युवापुस्तालाई लक्षित गरी पावर सेभिङ प्रविधि प्रयोग गरिएको यसमा ५ हजार एमएएचको ब्याट्री राखिएकोछ । यसले रिभर्स चार्जिङलाई समेत सपोर्ट गर्छ ।

भिभो वाई ट्वान्टीमा ३ जीबी र्‍याम तथा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसको इन्टरनल स्टोरेजलाई २५६ जीबीसम्म बढाउन सकिन्छ ।

फोन ओबसिडियन ब्ल्याक् र नेबुला ब्लु रङ्गमा उपलब्ध छ । मूल्य २० हजार ९९० रुपैयाँमा तोकिएको छ ।

फोनमा ट्रिपल रियर क्यामेरा उपलब्ध छन् । जसमा १३ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल म्याक्रो क्यामेरा छन् ।

आफुलाई मनपर्ने भिडियो र खेलहरुको अन्तरक्रियामा क्यापासिटिभ बहु टच स्क्रिनले सहज बनउन मदत गर्दछ । यसमा रहेको आँखाको सुरक्षा प्रणालीले हानिकारक निलो प्रकाशलाई फिल्टर गरी दिनभर आँखालाई बचावट गर्दछ ।

वाई २० मा भएको कनेक्टीभिटी बैकल्पिक प्रविधिले गर्दा माईक्रो युएसवि, वाईफाई, व्लुटुथ ५.०, एफएम र ओटिजी समाबेश गरीएको छ ।

सेन्सरले गर्दा फोनमा एसिलेरोमिटर, एम्वियन लाइट सेन्सर, प्रोक्सीमेटी सेन्सर, भर्चुअल जाइरोस्कोप, ई कम्पास, साईड माउटेड फिङ्गरप्रिन्ट स्कानर समेत समावेश गरीएको छ ।

त्यस्तै फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।लामो टिकाउ ब्याट्रि र प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै फोन तयार गरिएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्