Logo
१७ बैशाख २०८१, सोमबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रसंघलाई सुदृढ, सशक्त बनाउनु सबै सदस्य राष्ट्रको सामूहिक दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित भिडियोमार्फत् सम्बोधन गर्दै  विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

स्थापना दिवस शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले बताए ।

शान्ति-सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गरे ।

एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्यमान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘सामयिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ निकाय बनाउनुपर्छ ।’

सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवद्र्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट, आतङ्कवादको अन्त्य, आणविक, रासायनिक, जैविक लगायत विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसङ्घको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीले बताए ।

 

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्