Logo
१७ बैशाख २०८१, सोमबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण बन्द भएको ६ महिनापछि खुल्यो ताज महल

कोरोना महामारीका कारण बन्द भएको भारतको प्रतिष्ठित ताज महल ६ महिनापछि खुलेको छ।

मार्चदेखि बन्द ताज महल सर्वसाधारणका लागि खुला गरिएको हो । यो महल इतिहासमै सबैभन्दा लामो समय बन्द भएको पहिलो रेकड हो ।

भारतमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका बेला खुला गरिएको ताज महलमा दैनिक पाँच हजारलाई मात्रै प्रवेश दिइने छ ।

स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाएर ताज महल खुला गर्ने अनुमित सरकारले दिएको हो । महामारी पूर्व दैनिक ७० हजार भन्दा बढी पयर्टकले ताज महलको भ्रमण गर्ने गरेका थिए ।

सन् १९७८ मा आग्रा शहरमा बाढीका कारण केही समय ताज महल बन्द भएको थियो । यस्तै सन् १९७१ मा भारत र पाकिस्तानबिच युद्ध भएका बेला केही दिनका लागि ताज महल बन्द भएको थियो ।

मुगल सम्राट शाह जहाँले महारानी मुमताज महलका लागि १७ औँ शताब्दीमा ताज महल बनाएका हुन् ।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्