Logo
१३ बैशाख २०८१, बिहीबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन/तीन दिनमा हाजिर लगाउनुपर्ने शर्तमा पालिका अध्यक्षलाई धम्की दिने भगत रिहा

प्रदेश १ स्थित सुनसरी जिल्लाको एक पालिका अध्यक्षलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार रिहा भएका छन् ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्कीमा दिएकाका कारण पक्राउ परेका बव्लु भगत रिहा भएका हुन् ।

दुई पक्षिय सहमतीपछि भगतलाई रिहा गरिएको हो । गत शुक्रबार राति अन्सारीलाई भगतले ज्यान मार्ने धम्की दिएका थिए ।

पालीकाका अध्यक्ष अन्सारीले रातिको समयमा फोनबाट ज्यान मार्ने धम्की आएको बताएका थिए ।
त्यस्तो धम्की आएपछि आफू तत्काल प्रहरीलाई खबर गरेकोमा धम्की दिने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

उक्त ठेकेदारसँग आफ्नो कुनै सम्बन्ध नरहेको अन्सारीको भनाई रहेको छ ।

भगतले आफु जानी/जानी गाली ग्लोज नगरेको बताएका छन् । मापसे गरेको बेला त्यस्तो हुन गएको उनले बताएका छन् ।

‘तर पनि दुवै पक्षबीच सहमति गरिएको छ’ सुनसरीका प्रहरी प्रमुख कमल थापाले भने ‘३/३ दिनमा प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा छाडिएको छ ।’

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्