Logo
२५ बैशाख २०८१, मंगलबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय गृहमन्त्री अमित शाहलाई स्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना

दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण मुक्त भएर डिस्चार्ज भएका भारतका गृहमन्त्री अमित शाह स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्रीको स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार रानि पुनः अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शाहलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा शनिबार राति ११ बजेतिर पुनः भर्ना गरिएको हो।

५५ वर्षका भाजपा नेता शाह अगस्ट दुईमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । अगस्ट १४ मा ट्वीट गरेर डाक्टरको सल्लाह अनुसार थप केही दिन होम आइसोलेशनमा बस्ने जानकारी दिएका थिए

शाहलाई अगस्ट १८ मा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो ।१३ दिनपछि उनी कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए  ।

 

 

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्