Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

नेपाली चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ ।

उनको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए।

स्वास्थ्यमा समस्या भएर उनलाई सोमबार अस्पताल लगिएको सन्तोषले बताए । ‘उहाँको कलेजोमा समस्या देखिएको थियो, आज बिहान बित्नु भयो।’

२०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ वर्षको उमेरमा निधन भएको हो। उनको अन्तिम सँस्कार बिहीबार गर्ने तयारी गरिएको सन्तोष सेनले बाताए।

सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए ।

यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गरेका थिए । पछिल्लो समय छेतन ‘हुतुतु’ लेखिरहेका थिए। गुरुङको लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारीमा छ।

गुरुङले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेखेका थिए।

गुरुङले डेब्यु गरेको चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड प्राप्त गरेका थिए ।

 

 

 

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्