Logo
२३ बैशाख २०८१, आईतबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउथ इण्डियन कलाकार जयप्रकाश रेड्डीको निधन, बाथरुममा लडेको अवस्थामा फेला

हिन्दी डबिङ्ग सुरुवातसँगै छुटै पहिचान बनाउन सफल साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ ।

फिल्मी जगतमा अलगै पहिचान रहेका रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ ।

मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उनका परिवारका सदस्यले बताएका छन् ।

उनले तेलुगु चलचित्रमा छुट्टै स्थान बनाएका छन् । उनी भुमिका निर्वाह गरेका हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् ।
आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनले ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करियर सुरु गरेका थिए ।

उनका ‘समरासिंह रेड्डी’, ‘उथामपुथिरन’, ‘प्रेमिचुकुन्दाम रा’, ‘गब्बर सिंह’, ‘चेन्नेकेशवरेड्डी’, ‘सीतय्या’ लगायत चलचित्र लोकप्रिय छन् ।

उनको निधनप्रति टलिउडसँगै बलिउड कलाकारले पनि समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्