Logo
२४ बैशाख २०८१, सोमबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कोरोनाबाट थप ६ जनाको मृत्यु, जम्मा मृतक संख्या २५७ पुग्यो

सांकेतिक तस्विर

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण ह्वातै बढीरहेको अवस्थामा आज कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज कोरोना बाट मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् ।

योसँगै अहिलेसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको छ । जसमध्ये १८७ पुरुष र ७० महिलाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ०.६० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्