Logo
२ जेष्ठ २०८१, बुधबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण भ्याक्सिन बजारमा वार्षिक ६० अर्ब डलर आर्जन हुने जिअनको प्रक्षेपण

जिअन मार्केट रिसर्चले सन् २०२० भित्र विश्व बजारमा भ्याक्सिनको बजारले झण्डै ६० अर्ब डलरको हिस्सा ओगट्ने  प्रक्षेपण गरेको छ ।

विश्व बजारमा भ्याक्सिनले गर्ने आय ५९ अर्ब २० करोड डलर हुने प्रक्षेपण जिअन मार्केट रिसर्चले गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण भ्याक्सिनको बजार ह्वात्तै बढ्ने प्रक्षेपण गरिएको छ ।जुन सन् २०१४ को भन्दा झण्डै दोब्बर हो ।

विश्वभर एक सय ६० भन्दा बढी प्रकारका भ्याक्सिन विकासको क्रममा छ । जसमध्ये १९ वटा भ्याक्सिन पहिलो देखि तेस्रो चरणको परीक्षणका क्रममा छन् ।

संयुक्त राज्य अमेरिकामा उत्पादिन भ्याक्सिनले मात्र १८ अर्ब डलर आर्जन गर्ने आँकलन गरिएको छ ।सन् २०२४ भित्र उत्तर अमेरिकाको भ्याक्सिन बजारको हिस्सा २४ अर्ब डलर हुने अनुमान गरिएको छ ।

युरोपको १६.३ अर्ब र एशियाको १२.८ अर्ब डलर हिस्सा रहने अनुमान छ । विश्वमा इन्फ्लुन्जा, स्वाइन फ्लु, हेपाटाइटिस, टीबी, डिपथेरिया, इबोला र मेनिनगोकोला जस्ता रोगले बजारको आय बढाएको हो ।

भ्याक्सिनले शरीरमा रोगको कमजोर प्रकार प्रवेश गराइदिन्छ । जसका कारण एन्डीबडी अर्थात् रोग प्रतिरोधात्मक क्षमता शरीरले विकास गर्दछ ।

प्रभावकारी भ्याक्सिनले विफर, पोलियो जस्ता रोग उन्मुलन भएको छ । विश्वमा डेंगुको भ्याक्सिन पनि उत्पादन भइसकेको छ ।

भ्याक्सिनको विकास धमाधम भइरहँदा विश्वभर भ्याक्सिनविरुद्धको आवाज समेत उठ्ने गरेको छ । यद्यपि, भ्याक्सिनको विकास र प्रयोग बढेको छ ।

रुसको गेमेलिया रिसर्चले उत्पादन गरेको स्पुतनिक भी तेस्रो चरणको परीक्षणमा हुँदै अनुमोदन भइसकेको छ । रुसको सरकारले प्रयोगका लागि अनुमोदन गरेपनि विश्व स्वास्थ्य संगठनले गरेको छैन ।

चीनको सिनोफामको इनएक्टिभेटेड भ्याक्सिन, सिनोभाकको कोरोनाभाक र क्यानसिनो बायोलोजिक्सको एडी फाइभ एन कोभ, अमेरिकाको मोर्डना तेस्रो चरणको परीक्षणका क्रममा छन् ।

अष्ट्रेलियामा परीक्षण भइरहेको भ्याक्सिन पनि दोस्रोबाट तेस्रो चरणको परीक्षणको क्रममा छ । अक्सफोर्ड भ्याक्सिन र फाइजर कम्पनिको भ्याक्सिन पनि भर्खरै तेस्रो चरणको परीक्षणको क्रममा छ ।

विश्वभर यति ठुलो संख्यामा भ्याक्सिन बनिरहँदा कतिपय देशहरुले कम्पनिहरुसँग सम्झौता समेत गरिसकेका छन् ।भ्याक्सिन प्रभावकारी र उपयोगी भएमा प्रयोग गर्ने गरी सम्झौता गरेका हुन् ।

यसबाट अरबौं डलरको आयआर्जन हुने अनुमान छ र कम्पनिहरुले करोडौं डलर आम्दानी गर्ने प्रक्षेपण छ ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्