Logo
२४ बैशाख २०८१, सोमबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण गाडी आयात आधा घट्यो

चालू आर्थिक वर्षको पहिलो महिनामा सवारीसाधनको आयात आर्थिक वर्ष २०७६/७७ भन्दा झण्डै आधा गिरावट आएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा ४ अर्व ५३ करोड ३७ लाख ९७ हजार को सवारी साधन आयात भएको छ। गत वर्ष सोही अवधिमा ७ अर्व २८ करोड ५१ लाख १ हजारको सवारीसाधन आयात भएको थियो।

अहिलेको अवस्थामा सवारीसाधन आयातमा यति गिरावट आउनु सामान्य रहेको नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलाल बताउँछन्।

‘यो आएको पनि पुराना अर्डर होलान्। यो वर्ष व्यवसायीहरु नाफा गर्ने भन्दा पनि व्यवसायमा टिक्ने मनस्थिती बनाएर काम गरिरहेका छन्,’ उनले भने।

यो संकटपछि भने सरकारले अटोमोवाइल्स व्यवसायीलाई व्यवसाय गर्ने सहज वातावरण बनाइदिनुपर्ने उनले बताए।

‘अहिले त सरकार आफैै कठिन परिस्थितीमा छ। यो संकटको निवारणपछि भने अटो क्षेत्रलाई उकास्न डाउनपेमेन्ट लगायतको विषयमा सरकारले सोच्नुपर्छ,’ दुलालले भने।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्