Logo
२३ बैशाख २०८१, आईतबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं विश्वविद्यालयद्वारा हल्ट प्राइज २०२०/ २१ होस्ट गर्ने

काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेलले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्ट प्राइज २०२०/ २१ होस्ट गर्ने तयारी गरिएको छ ।

यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि “ नोबेल पुरस्कार ” भनेर चिनिन्छ जसको विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।

यस वर्षको भव्य कार्यक्रम क्याम्पस निर्देशक अविनाश सिलवालको नेतृत्वमा हुनेछ । साथै उनका २० जनाको टोलीसमेत हुनेछन् ।

आयोजक टोलीका आफ्ना मुख्य सदस्यहरूलाई सम्बोधन गर्दै सिलवाल भन्छन्, ”विश्वव्यापी महामारीको बावजुद पनि मेरो टीम केयूबाट अधिकतम विद्यार्थीहरूलाई सहभागी हुन प्रोत्साहित गर्न रचनात्मक विचारहरू निर्माणमा केन्द्रित हुनेछन् र हामी कुनै पनि अवस्थामा अगाडि बढ्नेछौं।”

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकास लक्ष्य (SDGs) ‘ मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती/ बिषय’ घोषणा गर्दछ र उक्त बिषयभित्र रहेर प्रतियोगीहरु आफू प्रस्तुत हुनु पर्छ।

चरणबद्धरुपमा हुने यस कार्यक्रमको “अन क्याम्पस प्रोग्राम” काठमाडौँ विश्वविद्यालय ९केयू० केन्द्रीय क्याम्पस, धुलिखेल हुन लागेको हो।

विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा २,००० भन्दा बढि विश्वविद्यालयहरुबाट ३,००,००० भन्दा धेरैले सहभागीता जनाउने गरेका छन्। यस कार्यक्रमको विश्व विजेतालाई १ मिलियन अमेरिकी डलर नगदले सामान गरिने छ।
काठमाडौं विश्वविद्यालयले २०१६ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। अघिल्लो वर्ष २०१८/ १९ मा सबै केयूका स्कूलहरूबाट कुल ५६ छट टोलीले भाग लिएका थिए ।

यस कार्यक्रममा नेपालभरिका काठमाडौँ विश्वविद्यालय अन्तर्गत पर्ने कलेजका व्यचलोर र मास्टर्स अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने छन्।

सहभागी भए पछि “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुकालागि भिभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी हल्ट प्राइजका क्याम्पस निर्देशक सिलवालले दिए।

हल्ट पुरस्कार एक खुला प्लेटफर्म हो यसले विद्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन आइडिया दिन्छ  ।

सहभागीहरू मध्ये धेरैले आफूलाई एक विद्यार्थी बाट उद्यमीका रूपमा स्थापित गरिसकेका छन् भनेर हल्ट प्राइज का सम्पादक खुस्बु शाक्यले जानकारी दीइन्।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्