Logo
२५ बैशाख २०८१, मंगलबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन

नेपाली फिलिम क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थि, त आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् ।

उनका १ छोरा र छोरी छन् ।पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज, गरेर घरमा ल्याइएको थियो ।

दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

 

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्