Logo
१५ बैशाख २०८१, शनिबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुहार चम्काउनको लागि जान्नुहोस् चामलको पिठोको घरेलु विधि

मानिसको जीवन एकदमै परिर्वतनशिल रहेको छ । जसको कारण उनिहरुको जीवनशैलिपनि फरिएको छ त्यसैले अहिलेका मानिसहरु दिनप्रति दिन आफ्नो स्वास्थ्यमा केहिन केहि समस्याले ग्रसित भएका हुन्छन् ।

प्राय अहिले मानिस काममा ब्यस्तहुने हुदाखेरी उनिहरुले आफ्नो स्वास्थ्य तथा शरिरको ख्याल राख्न सकिरहेका हुँदैनन् । अहिलेको प्रदुषित हावापानीले गर्दा धरैलाई छाला सम्वन्धी समस्याले सताएको हुन्छ । चर्को घाम अनि फोहोर पानि साथै प्रदुषित हावाको कारण हाम्रो छालामा समस्या देखिन पुग्छ ।

हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो।

छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ ।

साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ ।

आज हामी तपाइलाई चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।

दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ।

घामले डढेको छालाको कालो धब्बालाई हटाउन 

एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।

अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि

चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ।

कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी

चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।

 

 

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्