Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! यस्ता छन् सिस्नोका फाइदाहरु

सिस्नो अंग्रेजीजीमा नेटल (टीस nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो ।

यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर तथा बभिनन्न तरिकाबाट खान सकिन्छ । यसमा हुने रौं जस्तो झुसमा हुने फर्मिक अम्ल (फर्मिकएसिड) ले पोल्ने (जलन) र हिस्टामाइन (Histamine) ले सुन्निने भएकोले पीडादायक हुन्छ

तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिलेपहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

हाम्रो समाजमा सिस्नोलाई जोडेर “नाङ्गेझार पारेर सिस्नो पानीले चुट्नुपर्ने” खुब प्रचलित पनि छ । यसलाई सामान्यतयाः पोल्ने झारको रुपमा व्याख्या गरिएपनि तरकारीहुँदै दिर्घरोगको लागि अचुक मानिन्छ ।

सिस्नो प्रायः विश्वका सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीताका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दै गएकोे छ ।

हिच्कीचाउने मानिसलेपनि अहिले खोजिखोजी सिस्नो संकलन गर्न थालेको पाइन्छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा आकर्षक डिजाइन सहितको प्याकमा समेत किन्न पाइन्छ ।

सिस्नोका फाइदाहरु
-सिस्नोबाट ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियम पाइन्छ ।

-सिस्नोमा भएको फाइबरले खाना पचाउन सहयोग गर्छ ।

-प्रोटिन र आइरनसमेत यसमा पाइन्छ ।

-शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।

-सिस्नोको धुलोलाई दाल र सुप बनाएरसमेत खान सकिन्छ ।

-मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ ।

-पिसाब पोल्ने समस्या न्यूनिकरण गर्छ ।

-हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।

-दम, बाथरोग, रगत उत्पादन गराउने, शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ ।

-किड्नीको समस्या हुनबाट जोगाउँछ ।

-भाँचिएको तथा मर्केको, हाड जोर्ड्न, हाड–जोर्नी दुखेकोमा उपयोगी ।

-लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।(एजेन्सी)

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्