Logo
२५ बैशाख २०८१, मंगलबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले निष्कृय कोषहरुबाट एक अर्ब रुपैयाँ उठायो

विगतमा संचालनमै रहेका भएपनि लामो समयदेखि निष्कृय कोषहरुबाट सरकारले करीब एक अर्ब रुपैयाँ संघीय कोषमा तानेको छ ।

हाल निष्क्रिय रहेका त्यस्ता कोषहरुबाट सरकारले रकम तान्न प्रक्रिया सुरु गरेको महालेखा कार्यालयका उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले बताए । उनका अनुसार, अहिलेसम्म करीब एक अर्ब रुपैयाँ संघीय कोषमा तानिएको हो।

कार्यालयले हाल डेढ सयभन्दा बढि त्यस्ता निष्कृय कोषहरुको रकम अध्ययन गरिरहेको छ। त्यसमा कुल चार अर्ब रुपैयाँ रहेको अनुमान छ । त्यसैका आधारमा कार्यलयले पहिलो चरणको अध्ययनपछि एक अर्ब संकलन गरेको हो।

यसैगरी, दोस्रो चरणमा पनि निष्कृय कोषबाट रकम तान्ने प्रयास कार्यालयले गरिरहेको छ ।

सरकारले गत वर्षबाट संघ, प्रदेश तथा स्थानीय तहले नयाँ खाता प्रयोग गरेको हुनाले पुराना खाता बन्द गर्ने प्रक्रिया सुरु गरेको थियो।
यसअघि संघले ‘क’ र ‘ख’ खाता प्रयोग गर्ने गरेकोमा अहिले ‘ख’ खाता प्रदेशले प्रयोग गर्न सुरु गरेको छ। यसैले ‘ख’ खातामा रहेको रकम ‘क’ खातामा तान्न लागिएको हो।

विगतमा ७५ वटै जिल्लामा संचालित तर हाल अस्तित्वविहिन भइसकेका त्यस्ता कोषहरुमा दुई लाखदेखि डेढ करोड रुपैयाँसम्म रहेको महालेखले जनाएको छ।

सरकारले कोभिड-१९ को प्रकोप सुरु भएयता स्रोत अभाव भएपछि निष्कृय कोषमा रहेको रकम तान्न सुरु गरेको थियो।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्