Logo
२५ बैशाख २०८१, मंगलबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाई उडानका यात्रुले अब टिकट र बोर्डिङ पास लिएर मात्र नपुग्ने

काठमाडौं : कोरोना महामारीबाट बच्न गरिएको लामो बन्दाबन्दीपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् । सरकारले १ भदौबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने अनुमति दिएपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका हुन् ।

हवाई उडानका दौरान अब यात्रुले केवल टिकट र बोर्डिङ पास लिएर मात्र पुग्दैन, हरेक यात्रुले आफ्नो विवरण खुल्ने फारम भर्नु पर्नेछ । अन्तराष्ट्रिय यात्रुले आफुलाई कोरोनाको संक्रमण भए नभएकोदेखि पछिल्लो यात्रा विवरणसमेत राख्नुपर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार पहिलो चरणमा सिमित गन्तब्य खोल्ने तयारी छ । तर खुलेका गन्तब्यमा भने पुरै सीटमा यात्रु राखेर उडान गर्न दिने छलफल भइरहेको छ ।

सीटमा यात्रु संख्या घटाउँदा भाडा महंगो पर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुरै सिटमा यात्रु राख्ने तयारी छ । लकडाउनयता हवाई इन्धनको मूल्य घटेको र बजेटले समेत हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर हटाएका कारण तत्काल भने हवाई भाडा भने केही सस्तो हुने बताईको छ ।

त्यस्तै, आन्तरिक उडानमा इनफ्लाइट क्याटरिङ बन्द भएको छ । अन्तराष्ट्रिय उडानमा भने यो सुविधा उपलब्ध हुनेछ । ७० वर्षभन्दा माथिका यात्रु, गर्भवती तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाईजहाजमा यात्रा नगर्न सचेत गराइएको छ । सम्भव भएसम्म चेकइन र बोडिङ पासलाई पेपरलेस बनाउन समेत प्राधिकरणले विमान कम्पनीहरुलाई सुझाएको छ ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्