Logo
३० बैशाख २०८१, आईतबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड उद्योग ४-५ जनाले चलेको गोविन्दाको आरोप

भारतीय बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउड भित्ररहेको नातावादको बहस चर्कीरहेको छ ।

उनको आत्महत्यालाई लिएर धरै खोज अनुसन्धान भइरहेको भारतीय बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउड भित्ररहेको नातावादको बहस चर्कीरहेको छ ।

उनको आत्महत्यालाई लिएर धरै खोज अनुसन्धान भइरहेका छन् भने धर्रै सलमान खान,करण जोहर जस्ता थुपै कलाकारको नाम यस घटनासँग जोडियो ।

भारतीय फिलिमी बजारमा अझै यो घटना सेलाएको छैन । यो घटना सेलाउनुको साटो नातावादको बहस लगातार रुपमा बढ्दै गएको छ । कलाकारहरुले यस विषयमा बहस गर्दै आएका छन् ।

नातावादको बहसमा नायक गोविन्दाले पनि प्रवेश जनाएका छन् ।गोविन्दाले हिन्दी चलचित्र उद्योगलाई मात्र ४-५ जनाले थामिरहेको स्पष्ट पारेका छन् ।

उनले हिन्दुस्तान टाइम्सको अन्तवार्ताको क्रममा उनले पहिला जो क्षमतावान थिए उनले काम पाए तर पछिल्लो समयमा चार पाँच जनाले चलचित्र उद्योग निर्देशित गरेको आरोप लगाए ।

उक्त कार्यक्रममा उनले आफ्नो राम्रा फिल्मपनि सहि तरीकाले रिलिज गर्न नपाएको र सबै चिज बदलिएको गुनासो समेत गरे ।

अन्तरगत सिलसिलामा ९० दशकका गोविन्दाले चलचित्र उद्योगमा धेरै मेहेनत गर्न परेको र निर्मातालाई भेट्न घण्टौसम्म पर्खन परेको आफ्ना तितो यथार्थ बताए । कंगना रनोट र तापसी पन्नुबीत नातावादको विषयलाई लिएर जुहारी चलिरहेको छ ।

कंगनाले एक अन्र्तवार्तामा नामै लिएर आरोप लगाएपछि तापसीले जवाफ दिएकी हुन् । यी दुई बीच ट्विट वार भइरहेको छ । (एजेन्सी)

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्