Logo
१७ बैशाख २०८१, सोमबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि पशुपति नखुल्ने, बाहिरैबाट दर्शन गर्नु पर्ने, सरकारको निर्णय कुर्दै कोष

यस वर्ष साउनको पहिलो सोमबार (भोलि ५ गते) दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ। सरकारले नै मन्दिरलगायत नखोल्ने भनेको छ।सरकारले जारी गरेको लकडाउन साउन ७ सम्म त नै छ, तर लकडाउनको समयमा  नित्य पूजा भने भैरहेको छ ।

सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर नखुल्ने बताए । र कोरोनाभाइरस संक्रमण नघटेका बेला भक्तजनका लागि मन्दिर खोल्नु उपर्युक्त नहुने पनि उनले बताए।

सरकारले नै मन्दिर खोल्ने निर्णय गरेपछि पनि पशुपतिमा पहिलेझैं दर्शन गर्न पाइने छैन। भक्तजनले ल्याएका सामान बाहिरै राख्नुपर्नेछ।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्