Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु उपायहरु : महिलाहरुमा सेतो पानी बग्ने समस्याको उपचार कसरी गर्ने ?

हाम्रो जस्तो अल्पबिकाशिल देशमा जहा महिला अझै पनि यौन स्वास्थको विषयमा खुलेर बोल्न लजाउँछन् । त्यसको कारण धरैजसौ महिला यौनजन्य रोगबाट ग्रसित हुन पुग्छन् ।

नेपाल जस्तो गरिबी देशमा अझै पनि स्वास्थ्य सम्वन्धी ज्ञान प्रयाप्त पुग्न सकेको छैन त्यसकारण धेरै दाजुभाइ तथा दिदिबहिनिलाई आफू कसरी स्वस्थ रहने समेत थाहा छैन । आज हामी त्यहि यौन स्वास्थ्य अन्तरगत महिलाको योनीबाट सेतो पानी बग्ने रोगको विषयमा चर्चा गर्ने छौ ।

सामान्यतया महिनावारी हुनुभन्दा पाँच दिनअघिदेखि महिनावारीपछिको १४ दिनसम्म धेरै पानी बग्न सक्छ । कहिलेकाहीँ महिलाको योनिबाट चिप्लो पानी पनि बग्न सक्छ ।

नेपालका अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याको सिकार छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । कतिपय महिला लाजका कारण यस्ता समस्याबारे खुल्दैनन् ।

जसकारण झन गम्भीर प्रकृतिका रोग लाग्न सक्छ । सेतो पानी बग्न थालेमा महिलाको योनिमा संक्रमण बढ्न थाल्छ । यस्तो समस्याको समयमै उपचार गरिएन भने पाठेघरको क्यान्सरसमेत हुन सक्छ ।

यस्तो पानीको गन्ध आएन भने यसलाई समस्याको रूपमा नलिँदा हुन्छ । तर, पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।

यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन सक्छ ।

र, महिलामा सेतो पानी बग्ने समस्या सिर्जना हुन सक्छ । यौनसम्पर्कका कारण संक्रमण भएमा योनिबाट पिपजस्तो पदार्थ पनि बग्न सक्छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ ।

सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा सचेत हुनुपर्ने के छ भने कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन ।

साबुनले सफा गरेमा योनि सुक्खा हुन्छ र चिलाउने समस्या हुन्छ । अनि, सेतो पानी बग्न थाल्छ ।

सेतो पानी बग्ने रोगका लक्षणहरु

-शरीरमा थकावट हुनु

– चक्कर आउनु

– शरीरमा कमजोरी महसुस हुनु

– संवेदनशील अंग चिलाउनु

– कब्जियत एवं टाउको दुखाई हुनु

– संवेदनशील अंगबाट दूर्गन्ध आउनु

कारण

-बिरामी मानिससँग सम्बन्ध राख्नु

-पटक पटक गर्भपतन गराउनु

-आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु

– कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु

– शरीरमा पोषक तत्वको कमी हुनु आदि ।

– कुनै रुपमा संक्रमण या बिरामीको कारण

सुरक्षाको तरिका

– महिनावारीको समयमा सफाईको पूरा ध्यान दिनुपर्छ । हरेक ४ देखि ६ घण्टापछि प्याड बदल्ने गर्नुपर्छ । हल्का पानीले यसलाई सफा गर्नुपर्छ । सुख्खा वा सुतीको कपडाबाट आफ्नो संवेदनशील अंगको सफाई गर्नु राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।

-आफ्नो संवेदनशील अंगलाई पूरा रुपमा सुख्खा र सफा राख्नुपर्छ । जसरी भएपनि संक्रमण फैलिने समस्या कम गराउनुपर्छ ।

– ल्युकोरियाको समस्या शरीरमा कमजोरीको कारणले हुने गर्दछ । यसको लागि आफ्नो खानामा पोषण युक्त चिजलाई समेत सामेल गर्ने गर्नुपर्छ । जसबाट हाम्रो शरीर पूरा रुपमा स्वस्थ रहन्छ ।

यसबाट बच्ने घरेलु उपाय

यो रोगको घरेलु उपायको बारेमा पनि चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सकहरुको सुझावका अनुसार यसरी गर्न सकिन्छ सेतो पानी बग्ने समस्याको समाधान स्

-राति भिजाएर राखेको अन्जीरलाई बिहान पानीमा पिसेर खाली पेट खाने गर्नुपर्छ ।

-आफ्नो डाइटमा केरा पनि मिसाउने गर्नुपर्छ ।

-फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । यस्तो गर्दा एक हप्तामा नै सेतो पानी बग्ने समस्याको समाधान हुने गर्दछ ।

-चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्नुपर्छ ।

-१ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ ।

-गुलावको पत्तालाई सुख्खा गरेर पाउडर बनाउने गर्नुपर्छ । दैनिक दूधको साथमा यसको सेवन गर्ने गर्नुपर्छ ।

– मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्न सकिन्छ । यसको साथमा हामी मेथीको धुलोलाई पानीमा राखेर पनि लिन सकिन्छ ।

– भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्न सकिन्छ ।  (एजेन्सी)

 

 

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्