Logo
२ जेष्ठ २०८१, बुधबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि रेडियो र टेलिभिजनबाट पढाउन सरकारद्वारा नयाँ तालिका सार्वजनिक

लामो समयदेखि लकडाउनको कारणले बालबालिकाको पठनपाठनमा एकदमै असर पुर्‍याएको अवस्थामा निजी विद्यालय सञ्चालकहरुले आजदेखि अनलाइन शिक्षा बन्द गरेर सबै शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय गरे पनि सरकारले भने वैकल्पिक शिक्षालाई निरन्तरता दिएको छ ।

निजी विद्यालय सञ्चालकहरुले आजदेखि सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरे पनि विद्यार्थीले रेडियो र टेलिभिजनबाट पढाईलाई निरन्तरता दिन पाउने भएका छन् ।

यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको सरकारले आजदेखि नयाँ तालिका सार्वजनिक गरेको छ ।

त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताए ।

उनले यी सिकाइ प्रणालीबाट जोसुकैले पनि अध्ययन गर्न सक्ने बताए ।

रेडियो

१. रेडियो नेपालबाट ९ र १० कक्षाको अनिवार्य विषय

२. कान्तिपुर एफएमबाट ६, ७ र ८ कक्षाका अंग्रेजी, विज्ञान र सामाजिक विषय

३. देशभरका २ सय २५ भन्दा धेरै सामुदायिक रेडियोबाट ९ र १० कक्षाका अनिवार्य विषय

टेलिभिजन

१. नेपाल टिलिभिजनको एनटिभी प्लसबाट १ देखि ८ कक्षासम्मको विषयगत पाठ

२. डिसहोम, नेट टिभी, म्याक्स टिभी, मेरो टिभी र क्लियर टिभीको विद्यालय शिक्षा च्यानलबाट ९ र १० कक्षाको विषयगत श्रव्यदृश्य पाठ

यसैगरी युट्युव च्यानल www.youtube.com/needvirtual​ बाट पनि १ देखि १० कक्षासम्मका श्रव्यदृश्य पाठहरु पढ्न सकिनेछ ।

प्राविधिक कारणले कक्षा सुरु हुन कहिलेकाहीँ २ देखि ५ मिनेट लाग्ने भएकाले धैर्य गर्न पनि शाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्