Logo
१६ बैशाख २०८१, आईतबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

भारतीय सञ्चार माध्यमका अनुसार अमिताभ बच्चनमा कोरोना पोजेटिभ देखिएपछि सबै परिवारको कोरोना परिक्षण गर्दा छोरो अभिषेक बच्चनमासमेत कोरोना सक्रमण पुष्टि भएको छ ।

नायक अभिषेक बच्चनले सामाजिक संजाल ट्विटरमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार अमिताभ बच्चनको अहिले मुम्बइस्थित नानावती अस्पतालमा उपचार भैरहेको छ ।अभिषेकले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको जनाएका छन् ।

उनले परिवारका सम्पूर्ण सदस्य र स्टाफहरुको कोरोना परिक्षण गरिएको समेत जानकारी गराएका छन् । संक्रमण पुष्टि हुँदैमा नआत्तिनसमेत सबैसँग उनको अपिल रहेको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्