Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सरदेखी पत्थरी हुनबाट बचाउने गोलभेडाका जान्नुहोस् थप फाइदाहरु

गोलभेडा भन्ने वितिकै हामीसबैलाई थाहा भएको कुरा हो ।सामान्यतया बोलीचालीको भाषामा गोलभेडा भनिन्छ भने वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो।

गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ।

यो तरकारीको एक प्रकार जो सानासाना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। गोलभेडा हाम्रो भान्सामा दैनिक प्रयोग हुने गर्छ । हामीलाई गोलभेडा बिनाको तरकारी मिठो पनि हुदैन ।

गोलभेडाको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक पनि छ । यसमा प्रशस्त भिटामिन र खनिज पदार्थ पाइन्छ ।

यसमा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस पाइन्छ ।यसको सेवन गर्ने गरेमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशत कम हुने अनुसन्धानमा पनि बताइएको छ ।

 गोलभेडा खानुका फाइदाहरु

-गोलभेडाको सेवन गर्ने गरेमा मुटुरोग लाग्ने सम्भावना कम गर्छ ।

-गोलभेडाको सेवनले क्यान्सरको सम्भावना पनि कम गर्छ ।

-गोलभेडाको सेवन गर्ने गरेका हाम्रो छालाको कोषहरुलाई विग्रन पनि दिदैन ।

-गोलभेडाको सेवनले हड्डी पनि बलियो बनाउछ ।किनकी यसमा क्याल्सियम र एन्टी अक्सीडेन्ट हुन्छ ।

-गोलभेडाको नियमित सेवन गर्नेलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरी पनि हुदैन ।

-गोलभेडाको दैनिक सेवनले पाचनशक्ति पनि बढाउछ ।

-गोलभेडाको सेवनले चुरोटखाँदा हुने असर कम गराउछ ।

– गोलभेडा खाँदा पाइने भिटामिन ‘के’ को कारणले कपाल पनि चम्किलो र बलियो हुन्छ ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्