Logo
२५ बैशाख २०८१, मंगलबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहनेका लागि आवेदन खुल्ला

काठमाडौं : ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ ।

सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट बिक्रेता बन्न चाहनेका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अन्य खपतका लागि चाहिने मुख्यतः डिजेल बिक्री गर्न विक्रेता नियुक्त गर्न खोजिएको प्रवक्ता उपाध्यायले बताए ।

ड्रमममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम बिक्री गर्न पाइन्छ । देशभरका विकट जिल्लामा हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ ।

दार्चुला, मुगु, बझाङ, दैलेख, कालीकोट, जाजारकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा अछाम र सोलुखुम्बु जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्