Logo
२४ बैशाख २०८१, सोमबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगा बैंक र गण्डकी विकास बैंकले शुरु गरे एकीकृत कारोबार

मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरि मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेको हो ।

आइतवार पोखरामा एक कार्यक्रमका बीच मेगा र गण्डकीले एकीकृत कारोबार शुरु भएको घोषणा गरेका हुन् । दुबै बैंकले जेठ २१ गते विशेष साधारण सभा सम्पन्न गरि प्राप्ति सम्वन्धि प्रस्ताव पारित गरेका थिए ।

गण्डकी विकास बैंकलाई प्राप्ति गर्नको लागि मेगाले नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएको थियो । अन्तिम स्वीकृति पाएसँगै असारभित्रै एकीकृत कारोबार गर्ने तयारी दुबै बैंकले गरेका हुन ।

एकीकृत कारोबार पश्चात पनि ग्राहकहरुको सुविधाका लागि साबिक गण्डकी विकास बैंकबाट जारी भएको चेक तथा एटीएम कार्डलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्थासमेत मिलाइएको जानकारी मेगाले दिएको छ ।

मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर अनुपात आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो ।

गण्डकीलाई प्राप्ति गरेपश्चात मेगाको चुक्तापूँजी रू. १३ अर्ब १३ करोड ८६ लाख २१ हजार पुगेको छ । एकीकृत कारोबारपश्चात मेगा बैंकको शाखा सञ्जाल २०६ ओटा पुगेको छ भने निक्षेप रू. १ अर्ब २५ खर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी भएको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्