Logo
२४ बैशाख २०८१, सोमबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन ओटा सीमकार्ड बोक्नु भएको त छैन नि ? सावधान ! कारबाहीमा पर्नुहोला

एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्नेलाई कारबाही गरिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ निर्णय गर्दै कारबाही गर्ने बताएको हो।

प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकमको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन। यदि लिएको भए पनि अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने छ। प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।

नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका ३ सिमकार्ड लिएको भए अबदेखि एउटा सिम फिर्ता गर्नुपर्छ। यसरी फिर्ता गर्दा त्यो सिम अर्कैका नाममा दर्ता हुन्छ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्