Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भियग्रा भनेको के हो? जान्नुहोस् यसका फाइदा/बेफाइदा

हाम्रो समाजमा आज पनि यौन विषयको बारेमा त्यति खुलेर छलफल गर्न गाह्रो छ किन भने अझै पनि हामी यौन विषयलाई खुलेर कुरा गर्न लाज मान्ने गर्दछौ तर पनि भित्रभित्र यौनजीवनको लागि हामी कसरत गरिरहेका हुन्छौ ।

सामान्यतया हामी यौन भन्ने वितिकै महिला पुरुषको यौनिक मिलनलाई बुझने गर्दछौ अथवा यौन सम्पर्कलाई बुझ्छौ ।

यौन जीवनको खुसी प्राप्त गर्नका लागि हामीलाई महिला पुरुष दुबै यौनक्रियामा सक्रिय हुन अनिवार्य  पर्छ ।

मानिसको उमेर जति बढ्दै गयो त्यतिनै यौन क्षमता घटिरहेको हुन्छ र त्यसप्रति सक्रियता घट्दै गहिरेको हुन्छ ।

हाम्रो समाजमा कोहि महिलामा यौन दुर्वलाताको समस्या हुन्छ भने कोहि पुरुषमा यस्तो समस्या हुने गर्दछ ।

हाम्रो समाजमा यस्तो समस्यालाई मध्येनजर गरेर विभिन्न यौनर्वद्धक औषधि बजारमा आइरहेका छन् त्यहि मध्ये हामी आज यौनर्वद्धक औषधी भियग्राको फाइदा/ बेफाइदा बारेका हजुरहरुको सामु ज्ञान बाड्न गइरहेका छौँ ।

भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ ।

जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ ।

यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो ।यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो ।

सन् १९८३ मा अमेरिकामा भएको मूत्ररोग विशेषज्ञहरूको जमघटमा डा। गिलेस विन्डलेले आफ्नै यौनांगा फेन्टोलेमाइन नामक सुई लगाई स्टेजमा आए र सबैको सामु पाइन्ट फुकालेर औषधिले पनि यौनांगलाई उत्तेजनामा ल्याउन सकिन्छ भन्ने कुरा प्रमाणित गरी देखाइदिए ।

सन् १९८० को मध्यताका यौन दुर्बलताका रोगीले भटाभट आफ्नो यौनांगमा सुई हान्दै अस्थायी तवरले आफ्नो पुरुषत्व फर्काउने गर्थे ।

तर, सन् १९९८ देखि मुखबाट खान मिल्ने गरी ट्याब्लेटको आकारमा विकसित भियग्राले त्यत्तिकै प्रभावकारी काम गरेर धेरै सजिलो बनाइदियो ।

र, फेन्टोलेमाइनले तुरुन्तै र अनियन्त्रित रूपमा यौन उत्तेजना ल्याउँथ्यो भने भियग्राको असर कुनै व्यक्तिले यौनेच्छा प्रकट गरेपछि मात्र देखिन्थ्यो ।

दुई दशकअघिदेखि यौन उत्तेजनासम्बन्धी समस्या भएकालाई लक्ष्य गरी फाइजर कम्पनीले बजारमा ल्याएको भियग्राको सेवनले पुरुष यौनांगको रक्तप्रवाहमा अदलीबदली गरी अपेक्षित मोटोपना ल्याउँछ ।

भियग्राले यौनेच्छा, यौन क्षमता, यौनांगको आकार बढ्ने धारणाका कारण पछिल्ला वर्षमा अधबैँसेमाझ यो औषधि लोकप्रिय हुँदै आएको छ ।

लामो समयसम्मको विमानयात्रापछि हुने जेट ल्यागबाट छुट्कारा पाउन भियग्राले मद्दत गर्छ भन्ने तथ्य पत्ता लगाएका कारण सन् २००७ मा अर्जेन्टिनी टोलीले हवाई क्षेत्रको नोबेल पुरस्कार पाए ।

भियग्राको सेवनले मांसपेशीमा रगत प्रवाह बढाउँछ भन्ने गाँठी कुरा थाहा पाएर एथलेट (खेलाडी)ले पनि आफ्नो प्रदर्शन उकास्न भियग्राको सेवन गर्ने गरेका छन् ।

फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भियग्राको प्रयोग भइरहेको छ ।

मधुमेह एवं उदासीबाट ग्रस्त बिरामीमा रोग वा त्यसका लागि प्रयोग गरिने औषधिका कारणले पनि उत्पन्न हुने यौन दुर्बलतालाई निराकरण गर्न यसको उपयोग भइरहेको छ ।

मुटुको औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले भियग्रा सेवन गर्नै हुँदैन ।

यौन दुर्बलता भएकाले यौन सम्पर्क कार्यको आधादेखि चार घण्टाअगाडि बढीमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भियग्रा सेवन गर्न मिल्छ । एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर देखिन थाल्छ ।

यस्तो अवस्थामा भियग्राले नकारात्मक असर बढाउँछ । धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् ।

बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन ।(पत्रपत्रिका)

 

 

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्