Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! यस्ता छन् दही र चिउरा खानुको फाइदाहरु

आज असार १५ कृषकहरुले काम गर्दै दही-चिउरा खाएर मनाउने यो दिन गैरकृषकका लागि भने ‘खाने पर्व’का विकसित हुँदै गएको छ।

आजको दिन ‘मानो रोपेर मुरी फलाउने दिन’भन्ने पनि गरिन्छ ।आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन ।

नेपाली समाजमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाएर मनाउने परम्परा छ ।

सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिएको छ । दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पुर्‍याउछ ।

हामीले दही चिउरा खादाँसँगै खाएपनि यहाँ दही र चिउराको फाइदा छुटाछुटै चर्चा गर्ने छौ-

 

दही खानुका फाइदाहरु-

दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी-१२ पाइन्छ जसका कारणः

-दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ।
-रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
-दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।

१. मुटु स्वस्थ बनाउँछ

दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

२. पाचन क्रियामा सघाउँछ

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

३. दाँत र हड्डी बलियो बनाउँछ

दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

४. प्रतिरोधी क्षमता बढाउँछ

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

५.  चायाँ हटाउँछ

दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

६.  छालाको स्याहारका लागि उपयोग गरिन्छ

दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।

७.  तनाव र चिन्ताबाट राहत

खानामा दही समावेश गर्दा यसले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।

८.तौल घटाउन सहयोग गर्दछ

दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरिरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

चिउरा खानुका  फाइदा

– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।

– चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ ।

-चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।

– यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।

– चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

-यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।

– चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।

– चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ । (पत्रपत्रिका)

 

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्