Logo
२२ बैशाख २०८१, शनिबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्यूएचओद्वारा युरोपमा कोरोना सङ्क्रमणको दर फेरि बढेको भन्दै चिन्ता व्यक्त

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा कोरोना सङ्क्रमणको दर बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका डब्ल्यूएचओको क्षेत्रीय निर्देशक डाक्टर हन्स हेनरी क्लुगले युरोपमा ११ देशमा अचानक सङ्क्रमणको दर बढेको बताए ।

प्रतिबन्ध खुकुलो बनाइएका कारण पछिल्लो केही महिनामा पहिलो पटक युरोपमा सङ्क्रमित हुनेको दर बढेको छ ।

अर्मेनिया, स्विडेन, माल्डोवा र उत्तर म्यासिडोनिया जस्ता देशहरु धेरै प्रभावित छन् । आफूले यसअघि नै युरोपमा कोरोना सङ्क्रमणको दोस्रो प्रकोप हुन सक्नेबारे चेतावनी दिएको र त्यो अब वास्तविक जस्तो देखिएको उनले बताए ।

कोरोना प्रकोपलाई लिएर अझै सचेत नहुने हो भने ती देशको स्वास्थ्य क्षेत्र डामाडोल हुने भन्दै क्षेत्रीय निर्देशक क्लुगले सचेत गराएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युरोपेली क्षेत्रमा आउने ५४ देशमा अहिलेसम्म २६ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने एक लाख ९५ हजार जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको युरोपेली क्षेत्र निकै ठूलो छ, जसमा युरोपसँगै मध्य पूर्व र मध्य एसियाको पनि ५४ देश र सात क्षेत्र आउँछ ।

यस क्षेत्रमा प्रत्येक दिन औसतमा २० हजार सङ्क्रमण र सात सय जनाको मृत्यु भइरहेको छ ।

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्