Logo
१५ बैशाख २०८१, शनिबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुहारको दाग तथा कालोचायाँ हटाई गोरो बनाउने जान्नुहोस् घरेलु तरिकाहरु

हाम्रो वरपरको वातावरण दिनप्रति प्रदुषित बन्दै गइरहेको छ सो अवस्थामा हामीलार्ई अनुहारमा प्रदुषित हावाकारण अनुहारमा धेरै दाग तथा समस्या आउने गर्दछ ।

भनिन्छ मानीसको सौन्दर्य भनेको पहिलो अनुहार हो । अनुहार हेरेर नै राम्रो र नराम्रो भनि छुटाउने गर्छ । सो अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ ।

प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु

सो अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु जान्नुहोस्

१. चामलको पिठो,मुगको दाल ,दुध मिसाएर फेसप्याक बनाउने

यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।

फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।

अनुहारको चायापोतो हटाउने घरेलू उपाहरु

२.कागतीको रस

कागतिमा भिटामिन सी पाइने हुनाले यसको प्रुयोगले अनुहारको चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अनुहारमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ। नियमित प्रयोगले चायाँ आएको अनुहारमा सुधार हुन्छ ।

३. गोलभेडाको जुस

गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।

यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।

चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारको छालाका लागी लाभदायक हुन्छ ।

४. घिउकुमारीको रस

घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयोग गर्दछ ।

५. निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

६. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

७. काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।

८.  दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।

९. सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

१० . अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ ।

११. एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

१२ . दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

१३. अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

१४ .डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

१५ . आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।

१६. बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।

१७. आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।

१८ . प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

१९. पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।

२०. भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

२१. तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।

२२. ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।

२३ . हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्याउँछ ।

२४ .गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।

२५. केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।

२६ एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।

२७ . घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।

२८ .खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।

२९ .गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।

अनुहारको छालाका लागि यी फलफूल खाँदा र लगाउँदा फाइदाजनक हुन्छ

अनार

अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोम छिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

केरा

केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ । जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन् ।

वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ ।

मेवा

भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ ।

भुइँकटहर

यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ ।

अमला

अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ ।

किवी

किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

घरैमा यति गरे हजारौँको फेसियल भन्दा उत्तम हुन्छ, सिक्नुहोस्

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र रु बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ ।

हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने बारे चर्चा गर्दैछौं ।

१. आलु र काँक्रो

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने ।

२. आलु र कागती

एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।

३.आलु र गोलभेंडा

काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने । गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ । (अनलाइन पत्र-पत्रिकाहरु)

 

 

 

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्