Logo
२६ बैशाख २०८१, बुधबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक कुरिलो खानुहोस् ! क्यान्सर, यौन दुर्बलता र स्तजजन्य जस्ता रोगबाट बच्नुहोस्

कुरिलो एक औषधिजन्य वनस्पति हो । यो नेपालको सबै जसो भू-भागमा पाइने बहुबर्षीय लहरा युक्त वनस्पति हो ।

यसलाई हाम्रो समाजमा धरै नामले चिन्ने गर्दछन् जस्तै सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली नामले चिन्ने गरेपनि तर सबै मानिसले सामान्तया कुरिलो भनेर चिन्ने गर्दछन् ।

यसको बोट काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन् फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन् पाकेपछि फल राता वा नीला रंग का हुन्छन्  ।

खास गरि यसको जरा लाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ ।

कुरीलो नियमित खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा उर्जा उत्पादन गर्ने गर्छ । शरीरको दुलभता,महिनावारी गढबडी समस्या समाधान गर्नमा समेत मद्दत गर्छ  ।

कुरीलो खानुका फाइदाहरु के के?

-कुरीलो नियमित रुपमा तरकारी वा सुपको बनाएर खानाले शरीरको विभिन्न खाले दुखाइ कम गर्न मद्दत गर्छ ।

-कुरीलोको नियमित सेवनले क्यान्सर हुने सम्भावना घटाउँछ ।

-सुत्केरीका लागि कुरीलो खानु राम्रो हुन्छ बच्चालाई पयाप्त मात्रामा दूध पुगेको छैन भने यसको सेवनले दुध प्रसस्त आउछ ।
-कुरीलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तजजन्य रोगलाई फाइदा गर्छ ।

-कुरीलोको जरालाई बुद्धिवद्र्धक,अग्निवद्र्धक औषधिका रुपमा तथा दुर्बलता शोक आदिको निवारणका रुपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

-कुरीलोको जराको धुलो दूध वा मनतातो पानीसाग मिसाएर पुरुषले सेवन गरेमा विर्य बढ्छ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्