Logo
२ जेष्ठ २०८१, बुधबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो सातामात्रै आउने : गभर्नर अधिकारी

आगामी आर्थिक वर्ष २०७७र७८ का लागि मौद्रिक नीति साउनको पहिलो सातामात्रै आउने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७७/७८का लागि मौद्रिक नीति साउन पहिलो सातामात्रै आउने बताएका छन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असार मसान्तभित्रै मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरिरहेको थियो ।

अधिकारीले अन्तरवार्ताका क्रममा पर्याप्त तयारी नपुग्ने भन्दै गभर्नर अधिकारीले साउन पहिलो सातामात्रै मौद्रिक नीति आउने बताएका हुन् ।

सुझावहरु आउनेक्रम जारी रहेको भन्दै उनले सकारात्मक सुझावहरु समेटिने बताएका छन् भने मौद्रिक नीतिलाई अब क्लोन्डरको रुपमा अघि बढाउने योजना रहेको समेत उनले सुनाए ।

गभर्नर अधिकारीले अहिले आन्तरिक गृहकार्य तीव्र बनाइएको जानकारी दिए ।‘हामीले मौद्रिक नीतिकलाई एउटा क्यालेण्डर कै रुपमा लैजान खोजेका छौँ’ उनले भने ‘साउनको पहिलो हप्ता जारी गर्छौँ ।’

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्