Logo
२६ बैशाख २०८१, बुधबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सरदेखी मुटुसम्बन्धी समस्याबाट बचाउने बेसारको जान्नुहोस् थप फाइदाहरु

बेसार भन्ने बितिकै तपाई हामीलाई थाहा भएको कुरा हो । यो हामीले नियरीत तरकारीमा प्रयोग गर्ने गर्दछौ ।

बेसारलाई हामीले मुख्य गरेर तरकारीको कलर परिर्वतनको लागि पयोग गर्ने गर्दछौ । यो हेर्दा पहेलो हुने गर्दछ साथै यसको स्वाद टर्रो प्रकुतिको हुने गर्छ ।

आजहामी हामीले नियमित प्रयोग गरीरहेको बेसारको फाइदा बारेमा चर्चा गर्ने प्रयास गर्ने छौं ।  कतिपयलाई थाहा नहुन सक्छ नियमित प्रयोग गरेपनि बेसारमा सानोदेखि अत्यन्त जटिल प्रकारको रोग विरुद्ध लड्न सक्ने गुण भनी सुन्दाखेरी हामीलाई विश्वास नलाग्लातर यसमा क्यान्स जस्ता घातक रोगसँग लड्ने गुणलुकेको हुन्छ ।

बेसार एक एन्टिअक्सिडेन्ट हो । यसले मानवशरीरमा उत्पन्न हुने विजातिय तत्वहरुलाई नियन्त्रण गर्ने क्षमता यसमा हुने गर्छ ।

बेसारका फाइदाहरु

-क्यान्सरबाट बचाउछ -काक््युमिन पदार्थका कारण बेसारको रंग पहेलो हुन्छ । यसले क्यान्सरमा हुने कोषिय परार्वतनलाई रोक्छ । यहाँ सम्मकी डिएनएमा हुने हानीसमेतलाई बेसारले रोक्ने गर्छ ।

– लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

– बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

-विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

-बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

– मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

– पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पुर्‍याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

– कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पुर्‍याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

-बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

-यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

-धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान-बेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

– १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहानबेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

-ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

( डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

– दिसा-पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौला सम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

– नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

– छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

– हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

– सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।

– बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।

-औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्