Logo
२६ बैशाख २०८१, बुधबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्वपतनदेखि क्यान्सरसम्मको रोग निको पार्ने बेथेको साँगको जान्नुहोस् थप फाइदाहरु

हाम्रो समाजमा बेथेको साग भनेपछि धेरैलाई थाहा होला किन भने यसलाई सामान्य तया तरकारीको लागि प्रयोग गर्ने गर्दछन् । हाम्रो समाजमा बेथेलाई (चौलाई) पनि भन्ने गरिन्छ ।

संसारका मानिसले यसको प्रयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभकारुपमा गर्छन् । यो बेथेको जुन दाना हुने गर्दछ यसलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

बेथेको साग आफैमा अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।हामीले बेथेको साग दुई किसिमका हुने गर्दछ  1.एक सामान्य हरियो पात भएको 2. अर्को रातो पात भएको हुन्छ ।

यसको डाँठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ । बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ ।

यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पञ्चाङ्ग अर्थात पाँच अंग ९जरा, डाठ, पात, फल र फूललाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।

बेथेका मुख्य फाइदाहरु :

यसले खोकी लाग्ने समस्या र पित्तको नाशे गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ ।

बेथेको तरकारी नियमित सेवन गरेमा बाथ (युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ ।

कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ ।

एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ ।

जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।

गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ ।

तौल घटाउन मद्दत गर्छ :

प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटिन हुन्छ जो तौल घटाउन सहयोगी मानिन्छ ।

सुजनलाई कम गर्छ :

ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितिका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

पिलो र डण्डिफोर स् पिलो र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

शरीरमा रगत बढाउँछ :

औषधिका रुपमा बेथेको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ ।

बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा झोलको रुपमा गर्नुपर्छ ।

पत्थरी निको पार्छ  : 

पत्थरी भएको छ भने बेथेको साग नियमित सेवन गर्दा पत्थरी गल्छ ।

रक्तचाप कम गर्छ :

अध्ययनका अनुसार बेथेको सागमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

क्यान्सरको रोकथाम :

एमरैन्थ (बेथेको साग)मा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ ।

यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता स् ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल(दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ ।

यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका बिरामीलाई दिइन्छ ।

रक्त बवासीरः

रक्त बवासीर वा मूत्र ९पिशाव०मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर सर्बत बनाएर लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो स् ऐमरैन्थको एउटा अर्को स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि आफ्नो प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग सकिन्छ ।

पिसाबमा जलन :

पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

इनर्जी बुस्टरः

केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ ।

यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

स्तनको आकार बढाउका लागि :

महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः

यदि तपाईको कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो ।

बेथेलाई आफ्नो आहार ९खाना०मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

 

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्