Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ कोरोना संक्रमित भेटिएसँगै न्युजल्याण्डका सैन्य नेताहरु सिमानामा परिचालित

न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरुलाई सिमानामा खटाउने बताएकी छन् ।

देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरुमा मापदण्ड पुरा भएको वा नभएको र बाहिरबाट आउनेहरुको निगरानी गर्नका लागि उनीहरुलाई खटाइएको हो ।

लण्डनबाट आएका दुई महिलालाई क्वारेन्टाइन छोड्नु अगाडी भाइरसको परिक्षण गर्दा स्वास्थ्यकर्मीहरुले त्रुटी गरेपछि उनले सैन्य उच्च अधिकारीहरुलाई पठाउनु परेको उल्लेख गरेकी छन् ।

ती महिलाहरु न्युजल्याण्डकै नागरिक हुन् । आफ्ना आमाबुवाको निधनका कारण उनीहरुले यात्रा गर्नु परेको जनाइएको छ ।

न्युजल्याण्डकै औक्ल्याण्डदेखि वेलिङ्टनसम्म कारमा यात्रा गरेपछि परिक्षण गर्दा उनीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य अधिकारीहरुले त्यो सडक यात्राका क्रममा ती महिलाहरु कुनै पनि अन्य व्यक्तिसँग सम्पर्कमा नरहेको दाबी गरेका थिए ।

तर उनीहरुले विमान यात्रा देखि क्वारेन्टाइनको रुपमा होटलमा बस्दासम्मको अवधिमा ३२० जनासँग भने सम्पर्कमा रहेको पाइएको स्वास्थ्य अधिकारीहरुकै भनाई छ ।

यी दुई जनामा संक्रमण देखिनु अघि न्युजल्याण्डमा पछिल्लो तीन हप्तासम्म कुनै संक्रमित नभेटिएको घोषणा गरिएको थियो ।

कम्तीमा दुई हप्तासम्म कुनै पनि संक्रमित नभेटिएमा कोरोनाभाइरस मुक्त मान्ने मान्यता अनुसार न्युजल्याण्डलाई कोरोनामुक्त मुलुकको रुपमा घोषणा पनि गरिएको थियो ।

नयाँ संक्रमण भेटिएसँगै प्रधानमन्त्री अर्डेर्नले सिमा क्षेत्रमा थप सतर्कता बढाउनु पर्नेमा जोड दिएकी छन् ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्