Logo
१७ बैशाख २०८१, सोमबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोभिड १९’ का विरुद्धको लडाइँमा अमेरिकाले भारतलाइ सघाउने

संयुक्त राज्य अमेरिकाले कोभिड-१९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ ।

अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो ।

अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ । यसैसहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ ।

यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो । यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोगन अर्टगसले ट्वीट गरेर सो कुराको जानकारी दिएको प्राप्च समाचारमा जनाइएको छ ।

भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाइ बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराएका हुन् ।

अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ । सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्