Logo
१७ बैशाख २०८१, सोमबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दै, भोकमरीको स्थिति आउन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं : अमेरिकाका छ वटा राज्यमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

टेक्सस, फ्लोरिडा, ओकलाहामा, एरिजोन, नेवाडा र ओरगानमा संक्रमितको दर बढेको हो । कोरोना परीक्षणको दायरा बढाएसँगै ती राज्यहरुमा संक्रमितको संख्या बढेको हो ।

यसैबीच संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण अमेरिकामा भोकमरीको स्थिति आउन सक्ने चेतावनी दिएको छ ।दक्षिण र मध्य अमेरिका र क्यारेबियन मुलुकमा कोरोना भाइरसका कारण ४ करोड जनतामा खाद्य असुरक्षाको स्थिति सिर्जना हुन सक्ने राष्ट्रसंघले जनाएको छ ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्