Logo
१७ बैशाख २०८१, सोमबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत-चीनबीचको तनावप्रति संयुक्त राष्ट्रसंघको चासो : दुवै पक्षलाई अति संयम अपनाउन आग्रह

लद्दाखको पूर्वी क्षेत्रमा भारत र चीनका सेनाबिच भएको भिडन्त र त्यसमा २० भारतीय सैनिकको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै पक्षलाई अति संयम अपनाउन आग्रह गरेका छन् ।

उनका प्रवक्ताले दिएको जानकारी अनुसार लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तप्रति गुटरेसले चासो व्यक्त गर्दै भावी दिनमा अति सावधानी अपनाउन आग्रह गरेका छन् ।

गुटरेसका सहायक प्रवक्ता एरी कानेकोले मंगलबार भने, ‘भारत र चीनबिचको एलएसीमा भएको भिडन्त र सैनिकको ज्यान गएको घटनाप्रति हाम्रो गम्भीर चासो छ । हामी दुवै पक्षलाई अति संयमता अपनाउन आग्रह गर्छौँ ।’

पूर्वी लद्दाखको गलवान उपत्यकाको सीमा क्षेत्रमा सोमबार राति भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको हो ।

भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्