Logo
१७ बैशाख २०८१, सोमबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनको सेनाबीच झडपः २० भारतीय सेनाको मृत्यु पुष्टि, संख्या अझै बढ्न सक्ने

भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो ।

लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् ।

एबिपी न्यूजका अनुसार अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्